Birat Post बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्ननसक्ने बताएका छन्।

उनले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन्। हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ, पूर्वराजा शाहले भिडियोमा भनेका छन्।

दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा ज्ञानेन्द्र शाहले उल्लेख गरेका छन्।

सबै नेपालीलाई सुखी र सन्तुष्ट राख्नु आवश्यक रहे पनि विश्वको व्यवस्थामा नेपाल कुन कुनामा छ भनी सोचनीय रहेको पनि उनले बताएका छन्। उनले आवधिक निर्वाचन र स्वतन्त्रताले मात्र प्रजातन्त्रको मूल्य बोक्न नसक्ने तर राष्ट्रियता आमसुरक्षा र गासबाससहितको व्यवस्था नै पूर्णप्रजातन्त्र हुने उनले बताएका छन्।

‘हामी सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका छौँ’, उनले भिडियोमा भनेका छन्।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल