Birat Post आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ माघ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्र्थापना एकसुत्रीय माँग कांग्रेसको रहेको बताएका छन् । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित ‘बरगाछी’को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषाङ्कको आइतवार लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले कांग्रेसको एक मात्र अडान संसद पुनस्र्थापना रहेको बताए । उनले यहीँ विषयलाई मुद्दा बनाएर सडक आन्दोलनमा कांग्रेस होमिएको बताए ।

जनताको ठूलो त्याग, बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिनका लागि पार्टीले सडक संंङ्घर्ष गर्ने र यसमा सहभागि हुन अपिल गरे । सत्ता लोलुपता र पार्टीको आन्तरिक कलहकै कारण संसद विघटन गर्न कसैले पनि नपाउने बताए । यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रंक्षाका लागि कांग्रेस अडिग रहने बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला र गुरु घिमिरले संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अवको आबश्यकता भएको बताए । पुस्तकालयका अध्यक्ष दीपक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्की,प्राज्ञ दधिराज सुवेदी,कविराज न्यौपाने, यदु विष्ट,उद्धव कोइराला लगायतले बोलेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल