Birat Post सोमबार, आषाढ १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १३ असार ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा(२०२३–०२७)को तर्जुमाका लागि प्रदेश स्तरीय परामर्श कार्यक्रममा बोल्दै मन्त्रीकार्कीले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनु पर्ने बताए ।

‘काठमाण्डौंमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ । उनले भने , कसैलाई विहान बेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यस कारण हुँदाखानेलाई हुने खाने बनाउने र हुनेखानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनासाथ जानुपर्छ ।’

छलफल गोष्ठीले मात्रै लक्ष पुरा गर्न नसकिने उल्लेख गर्दै छलफलबाट निस्केको निष्कर्षलाई व्यवहारमा लागु गरेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए । ‘एउटा मात्र कुरालाई फोकस गरेर योजना बनायौँ भने त्यो सम्भव छैन । उनले भने , विभिन्न अध्ययन अनुसन्धानका साथ २०२३ देखी सुरु हुने संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रमलाई फलदायी बनाउनुहोस् ।’

नेपालमा संयुक्त राष्ट्रसङ्घीय समन्वयका लागि अल्पकालीन र मध्यकालीन प्राथमिकतामाथि छलफल तथा परामर्श गरी रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

परामर्श कार्यक्रममा सहभागीले सन २०२३ बाट सुरु हुने कार्यक्रममा भौतिक, आर्थिक, सामाजिक सबै क्षेत्र समेटेर दिगो विकासको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्णकुमार लोक्सम, सदस्यहरू, मुख्यसचिव लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल