Birat Post शुक्रबार, आषाढ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ असार ।
राजा महेन्द्रको सालिक विराटनगरमा पुनःनिर्माण गर्नुपर्ने माग राख्दै राप्रपाले विराटनगर महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महानगर पुगेर राप्रपा नेताहरुले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विराटनगर स्थित महेन्द्रचोकमा भग्नावशेषकारुपमा रहेको महेन्द्रको सालिक निर्माण सहित संरक्षण गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । यस मागका अलावा स्थानिय तहमा लगाएको दोहोरो कर हटाउनुपर्ने,महानगरभित्र पार्किङ्गको दीर्घकालिन व्यवस्थापन गर्नुपर्ने,सुकुम्बासी समस्या समाधान गर्नुपर्ने लगायतका १९ बुदे माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राप्रपा  विराटनगर महानगर समितिका कार्यबाहक अध्यक्ष सावित्रा न्यौपानेको संयोजनमा गएको टोलीमा राप्रपाका केन्द्रीय सह प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्य उमा थापा ,मोरङ अध्यक्ष माधब आचार्य, जिल्ला प्रवक्ता कृष्ण घिमिरे ,उपाध्यक्ष चन्देश्वर शर्मा,सचिव टंक गुरागाई ,नेताहरु दिलिप ढाडेवा,राजेश मास्के लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस्तै राप्रपाले देशमा बढ्दो महङ्गी र भ्रष्टाचारको विरोध गर्दे विराटनगरमा प्रदर्शन समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
एक महिने स्वस्थानी व्रतको आजबाट समापन
कोसी आमसञ्चार प्रतिष्ठान अध्यक्ष कार्यकारी बनाउन कांग्रेस सांसद पराजुलीको माग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल