Birat Post आइतबार, भाद्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १२ भदौ ।
मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् ।
वेपत्ता हुनेमा२८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्नभनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।
उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताएअनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।
लामो समय विदेशमा काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए । यद्यपि आफन्त र नातागोता कसैसँग पनिउनी कहाँछिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल