मोरङ,रतुवामाई २७ असोज ।
यतिबेला उम्मेदवारहरुले स्थानिय नेता तथा कार्यकर्ता संगकोे भेटलाई तिब्र पारेका छन् । टोलटोलमा चुनावी चहलपहल शुरु भएको छ ।कार्यकर्ताहरु चुनाव केन्द्रीत हुन थालेका छन् ।
मोरङ क्षेत्र न. २ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले स्थानीय नेता तथा कार्यकर्ता संगको भेटघाटलाई तिव्र बनाएकी छन् ।
उनले स्थानिय जनताको भावना अनुरुप चुनावी एजेण्डा कस्तो बनाउने र कसरी अगाडी बढ्ने भन्ने विषयमा गृहकार्य गरिरहेकी छन् । आफ्नो क्षेत्रमा पर्ने रंगेली,सुनबर्सी र आमबारीलाई बासस्थान केन्द्र बनाउदै उनी क्षेत्रगत भेटघाटलाई तिव्रता दिइरहेकी छन् ।
विहिबार रतुवाइमाइका विभिन्न स्थानका नेता तथा कार्यकर्तासंग भेटघाट गरिएको कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले जानकारी दिए । जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरु पनि माहोल आफ्नो पक्षमा लिन वडा स्तरसम्म खटिएका छन् ।