विराटनगर,१ कात्तिक ।
नेपाली कांग्रेस क्षेत्र नं ४(ख) प्रदेश सभा सदस्यका उम्मेदवार भीम पराजुलीलाई समर्थन गर्दै युवाहरू प्रवेश गर्नेहरुको लहनै लागेको छ। नेकपा एमाले परित्याग गरि २ दर्जन मानिसहरु कांग्रेस प्रवेश गरेका छन् । भरत कार्की र बासुदेव आचार्यको नेतृत्वमा उनिहरु प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा विराटनगरका टंक कार्की,राजु खड्का,कृष्ण खड्का,इश्वर कार्की,महेन्द्र मुडियारी,गोविन्द घिमिरे,केदार खड्का,तेजु दाहाल,विष्णु खड्का लगाएतका दुइ दर्जन मानिसहरु कांग्रेस प्रवेश गरेका हुन् । उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं.४ (ख) प्रदेश सभा सदस्यका उमेदवार भीम पराजुलीले अविर टिका लगाएर स्वागत गरेका थिए ।