विराटनगर, १४ माघ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को पाँचथर जिल्ला समिति गठन भएको छ । संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट राजकुमार सिन्चिउरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नविन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेबे चयन भएका छन् ।
निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, विरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मण्डल र मणिचन्द्र राई रहेका छन् ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा हरि नारायण मण्डल, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डाक्टर नगेन्द्र प्रसाद दाहाल छनौट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएका छन् ।