Birat Post आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१५ माघ । साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अनतरले पराजित गर्दै कान्तिपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन बनेको छ ।

कान्तिपुरले आइतबार वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । कान्तिपुरको जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुम्ताले २५ रन र नवराज संग्रोलाले १५ रनको गोगदान दिएका थिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको कोशीले कान्तिपुरको बलर सामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । कोशीका सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तिपुरका बलरसामु टिकेर खेल्न सकेनन् । कान्तिपुरका म्यान अफ द फाइनल राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उतकृष्ट खेलाडि कान्तिपुरका राज वर्मा घोषित हुँदा कान्तिपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल