Birat Post बुधबार, माघ २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२५ माघ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दावी गरेका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको पनि बताए।

उनले भने, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ। बैंकहरूमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ। नेपालको अर्थतन्त्रको हिसाब गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ। ९० प्रतिशत जनताहरू गरिबीको मारमा धकेलिरहेका छन्। लाखौँलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ।’

महासचिव चन्दले अब देशको जिम्मा नेकपाले लिने दावीसमेत गरे। ‘हाम्रो पार्टीले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ। नेपाली जनताले जे सपना जे चाहना राख्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ। पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ’, उनले भने। महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेकोसमेत आरोप लगाए।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल