Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 सुन्दरहरैँचा,७ चैत ।  

माेरङकाे सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा संयुत्त बाम लोकतान्त्रिक बिद्यार्थी गठबन्धनका तर्फबाट  सन्तोष लिम्बू अत्याधिक मतका साथ बिजयी भएका छन्   । साेमवार भएको निर्वाचनमा कूल ३,२४१ मतदातामध्ये २०९८  मत खसेको थियो । सोमबार बेलुकाबाट सुरू भएको मतगणनाको अन्तिम मत परिणाम मंगलबार बिहान सार्वजनिक भएको हाे  ।

अन्तिम मतपरिणाम अनुसार लिम्बू  एक हजार ३८२  मत प्राप्त गर्दै विजयी भए । लिम्बूलाई गठबन्धनकाे साथ थियाे ।    लिम्बूका  निकटतम प्रतिद्धन्दी अनेरास्ववियु ( एमाले) का तर्फबाट मनाेज कार्कीले ६५७  मत प्राप्त  गरेका छन्  । साथै सचिव पदमा अनेरास्ववियुका एलिस ओझाले १ हजार १४ मत प्राप्त गरेर विजयी बनेका छन् । तेसै गरि ओझाका निकटम प्रतिद्वन्दी निराजन धमलाले १ हजार ६ मत प्राप्त गरेका छन् ।

साथै काेषाध्यक्ष पदमा गठबन्धनका तर्फबाट सतिष कार्कीले १३ सय २५ मत प्राप्त गरेर विजयी बनेका छन् । कार्कीका निकटम प्रतिद्वन्दी अनेरास्ववियुका हेमकुमारी नेपाली ( सुष्मा ) ले ६ सय ९५  मत प्राप्त गरेकी छिन् ।    सुकुना बहुमुखी क्याम्पसमा संयुत्त बाम लोकतान्त्रिक बिद्यार्थी गठबन्धनकाे तर्फबाट सचिव पद बाहेक प्यानलनै विजयी बनेकाे हाे ।

गठबन्धनकाे तर्फबाट प्रत्यक्षतर्फ सदस्यहरूमा सन्देश राई १२ सय १३ , राेहन खत्री १२ सय ७२ , सविना थापा १२ सय २३ , एलिजा कार्की १२ सय १९, अर्जुन दाहाल ११ सय ७८ , सुमन भट्टराई ११ सय ७५ , ज्ञानु घिमिरे ११ सय ४८ , दिवस पाेखरेल ११ सय ३३ मत प्राप्त गरि विजयी भएका छन् ।    सुकुना क्याम्पसमा एमाले अनेरास्ववियुका विरुद्ध चार दलीय गठबन्धन थियो ।

नेविसंघ, अखिल कान्तिकारी र समाजवादी विद्यार्थी युनियन अनेरास्ववियूका सन्तोष लिम्बूको नेतृत्व चुनावमा होमिएका थिए । स्ववियु सभापतिमा निर्वाचित भएका लिम्बू यस अघि पनि सुकुना बहुमुखी क्याम्पसकाे सभापति थिए । उनी दोस्रो कार्यकालको लागि सभापतिमा  पु:न निर्वाचित भएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल