Birat Post आइतबार, मंसिर ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका अवसरमा दण्ड प्रणाम गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम सहितको यात्रा हो ।
दण्डप्रणाम यात्राका क्रममा सञ्चारकर्मीहरुसंग बोल्दै पराजुलीले नेपाल सनात  हिन्दु राष्ट्र हुनुपर्ने बताए । उनले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेको बताए । हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने उनको भनाइ रहेको छ ।

राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए । ‘ हिजोको मेरो एजेन्डा पनि हो पराजुलिले भने छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ । मुलुकमको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत भाकल केहि छैन । ’

विराटनगर ३ स्थित ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै डेढ किलोमिटर दण्ड प्रणाम गर्दै अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए । भोली विहान उदाउदो सूर्यलाई अर्घ दिएर कार्यक्रम समापन गर्ने पराजुलीका स्वकिय सचिव लोकेन्द्र तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल