Birat Post बिहिबार, जेठ १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१७ जेठ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मापसे गरेर सवारीसाधन चलाउनेलाई सडकमा खटाउने कार्य कानुनविपरीत भएको टिप्पणी गरेका छन्। संसदको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले मन्त्रीको सनकका भरमा नागरिकहरुलाई दिनभर सडकमा उभ्याउने कार्य गलत रहेको बताएका हुन्।

उनले बिहीबार सञ्चारकर्मीहरमाझ भने,’कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन। अहिले सडकमा केही मान्छेहरुलाई कुनै मन्त्रीको निर्देशनमा, कुनै उप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना यो सरासर गलत छ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारीका बेलामा चार दिन सडकमा खटिनु नपर्ने र मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने निर्णय गरेका थिए।

खतिवडाले गृहमन्त्री लामिछानेको उक्त निर्णय वैयक्तिक अधिकारमाथिको हनन् भएको बताए। फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउन नपाइने उनको भनाइ थियो।

उनले भने,’मापसे गर्‍यो भनेर त्यसलाई सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन् हो। योबारेमा हामीले छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ। अहिले कानुनी राज्य भनेको राणा शासन होइन। जंगेको शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि त्यसपछि कानुनविपरीत नागरिकहरुलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिको विरुद्धमा हामीले आवाज उठाउनुपर्नेछ।’

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल