Birat Post आइतबार, जेठ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२०जेष्ठ /जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्।

सत्ताधारी पार्टीका प्रमुख घटक एमालेलाई समेत बेइमानी गरी बजेट ल्याएकाले अब यो सरकार दुई चार दिन समेत नचल्ने अध्यक्ष यादवले दाबी गरे।आइतबार जसपा नेपाल कपिलवस्तुले तौलिहवामा आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले भने,`अहिलेको बजेटको बिषयमा केपी ओलीले समेत असन्तुष्टि पोख्नुले पनि यो सरकारका आयु धेरै नभएको सङ्केत देखिएको छ।

‘अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएको छ , त्यसैले अब यो सरकार चाडै धराशायी हुन्छ’ उनले भने। आफ्नो पार्टीलाई प्रचण्डले सरकार बचाउने नाममा फुटाएको यादवले आरोप लगाए।

अहिले माओवादी पार्टी समेत फुट्ने चर्चा चलेको भन्दै उनले सिसाको घर भएकाले अरूको घरमा पत्थर हानेकोले यसको परिणाम चाडै आउने उनले बताए। ‘अहिलेको बजेट पपुलिस्ट बजेट हो, माओवादीले एक्लै ल्याएको हो यसले तस्कर र धनीलाई मात्र पोस्ने काम गर्छ’ उनले भने। बजेटले विदेशी रिन झनै बढदै गएको र गरिबी झनै बढाउँदै गएको बताए।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल