Birat Post मंगलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ कार्तिक / नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका लागि क्रमशः महामन्त्री भूपेन्द्र राई, उमेश थापा र कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिइएको प्रवक्ता यदुकुमार विष्टले जानकारी दिए । प्रवक्ता विष्टका अनुसार बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै नेपालकै होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्म ‘कचनाकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । प्रदेश समितिले जागरण अभियानको आवश्यक तयारी र केन्द्रीय समितिद्वारा सञ्चालित सय दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भएको छ ।

साथै जागरण अभियानको अवधारणापत्र र प्रतिनिधिहरुका लागि कार्यविधि तयार गर्न प्रवक्ता विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । समितिको सदस्यमा उत्तमकुमार चौलागाईं, बाबुराम कोइराला (वासु), रञ्जिता कार्की र सदस्यसचिवमा नारायण कोइराला छन् । बैैठकमा कोशी प्रदेशमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका महामन्त्री भूपेन्द्र राईले सरकारको कामकारबाहीका विषयमा संक्षिप्तमा जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल