Birat Post शनिबार, मंसिर २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 काठमाडौं २२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् । उनले फेसवुक पेजमा लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस । कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो यसको मतलब राज्य आतंकमा लाग्नु होइन । प्रहरी हिरासतमा रहेको मान्छेलाई पूर्ण स्वतन्त्रता सहित आफ्नो अभिव्यक्ति आफ्नो कानुन व्यवसायीलाई राख्न पाउने पूर्ण अधिकार हुन्छ।

कसैको पनि अधिकार कुण्ठित गर्न पाइँदैन। यदि यस्तो गरेको खण्डमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको ठहरिनेछ। अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो एकदिन सबैको पालो आउँछ पाई-पाई गरेर ऋण चुक्ता गरिनेछ।”

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल