Birat Post शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,५ पुष ।  सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्चले यसअघि बन्दीसहित उपस्थित गराउने आदेश दिएको थियो ।

आदेशअनुसार शुक्रबार प्रसाईंलाई सर्वोच्चमा हाजिर गराइएको थियो। सर्वोच्चमा हाजिर गराइएका प्रसाईंलाई न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

उनले साइबर अपराधसम्बन्धी मुद्दामा धरौटी तिरेर रिहा भएपछि पनि प्रहरीले दुःख दिने मनसाय राखेर फेरि पक्राउ गरेका आरोप लगाएका थिए । उनले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै प्रसाईंलाई गत मंसिर ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

उक्त मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीका आधारमा पुन पक्राउ गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल