Birat Post सोमबार, माघ २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ माघ । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव  सुरु  भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने छ । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा लागेका बालवालिकाहरुको क्षमता अभिवृती गर्नुको साथै उनीहरुलाई निःशुल्क प्रशिक्षण प्रदान गरिने क्लबका सचिब रोशन ठाकुरीले जानकारी दिए ।

‘महोत्सवबाट आएको आम्दानीले स्थानीय बालवालिकाहरुको खेलकुद विकासमा महत्पूर्ण योगदान पुर्याउने लक्ष्य रहेको छ,’ सचिव ठाकुरीले भने । एक महिनासम्म संचालन हुने महोत्सवमा विभिन्न प्रकारका फुटको स्टबल, बालवालिकाहरुको लागि खेल सामाग्री र दैनिक स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने बताइएको छ । महोत्सवमा ज्योती मगर, अनु चौधरी, अन्जु कुशमी, राज कुसमी, एलीना चौहानलागयतका कलाकाहरुबाट दैनिक रुपमा मनोरञ्जन प्रदान गर्नेछन् ।

त्यसैगरी स्थानीय कलाकारहरुबाट प्रस्तुती हुने बताइएको छ । महोत्सवमा दैनिक एक हजार बढीले अलोकन गर्ने अपेक्षा राखेको छ । राष्ट्रिय स्तरको कलारकाहरु आउँदा मात्रै आयोजकले टिकट राखेको छ भने अन्य दिन निःशुल्क रहेको छ । महोत्सवमा ५० लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल