Birat Post सोमबार, फाल्गुण १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१२ फाल्गुन ।  अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएड) बाट नेपालमा सञ्चालित र डिजाइनको क्रममा रहेका ७ वटा कार्यक्रमहरु रोकिएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल नेपालमा सञ्चालनमा रहेको ४ वटा र डिजाइनको क्रममा रहेका तीन वटा कार्यक्रम रोकिएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले युएसएडद्वारा प्राप्त अनुदान सहायता नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको जनाएका हुन्।

उनले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनकै क्रममा रहेकोमा अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम यी कार्यक्रमहरुसमेत रोकिएको जनाए।

मन्त्रालयले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको र युएसएडबाट नेपालमा सन् १९५१ देखि निरन्तर रुपमा सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल