Birat Post शुक्रबार, भाद्र ०६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । एक बर्ष लामो समयदेखि तालाबन्दी रहेको बिराटनगरको स्नातकोत्तर क्याम्पसको ताला खुलेको छ । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गत साउन २ गते संवाद समुह मोरङमा भएको संवादमा ताला खुलाउने बारेमा सर्बपक्षिय छलफल भएको थियो । संवादमा प्राज्ञिक क्षेत्र विभाजित हुनु नहुने, शैक्षिक क्षेत्रलाई बन्दी बनाउने काम रोक्न सबैले पहल थाल्ने निर्णय भएको थियो ।
त्यस्तै क्याम्पस प्रमुख महेश खत्रीलाई सहयोग गरेर जानुको बिकल्प नरहेकोले क्याम्पस प्रमुखले आगामी दिनको योजना निर्माण गरी कर्मचारी, प्राध्यापकहरु बिचमा बैठक बोलाउन पत्र लेख्ने, प्रमुखले बैठक बोलाएर वातावरण सहज बनाउने र क्याम्पसको तालाखोल्न प्राध्यापकले भुमिका खेल्ने निर्र्णय भएको थियो । सबैले आफ्नो क्षेत्रको कमीकमजोरीलाई स्वीकार गर्दै अगाडि बढ्नुको बिकल्प नभएको बताएका थिए । तत्काल देखिएको विवाद क्याम्पसबाट नै समाधानको पहल गर्ने र दलको तर्फबाट सहजीकरण गर्नको लागि तयार रहेकोले केही दिन भित्रै ताला खोल्न पहल थाल्न सबै सहमत भएको एक महिना पछि ताला खुलेको हो । संवाद पछि क्याम्पस प्रमुख खत्रीले प्राध्यापकहरुसँग छलफल थालेका थिए । प्राध्यापक संघले पनि ईकाई कमिटिको बैठक पछि ताला खोल्ने निर्णय भएपछि शुक्रवार ताला खोलिएको प्राध्यापक संघ डिग्री क्यापस ईकाई सभापति टुनाराज भट्टराईले जानकारी दिए ।
यस्तो थियो तालाबन्दीको कारण
विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषयलाई लिएर गत भदौपछि प्रमुखको कार्यकक्षमा तालाबन्दी थियो । कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरैबाट कार्यसम्पादन गर्दै आएका थिए । तालाबन्दीले पठनपाठनसँगै प्रशासनिक काम प्रभावित भयो । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापकसम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरे ।
महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्रीलाई नियम विपरित त्रिविले क्याम्पस प्रमुखमा नियुक्ति गरेको बिरोधमा तालाबन्दी गरिएको प्राध्यापक संघ संगठनले आरोप लगाउँदै आएका थिए ।
बरिष्ठताको आधारमा क्याम्पसभित्रकै प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने नियम रहेपनि राजनीतिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको प्राध्यापकको आरोप थियो ।
भागबण्डामा नियुक्त भएका खत्रीलाई ल्याउन भन्दा पहिला कृष्ण वस्तीलाई क्याम्पस प्रमुख बनाईने भनिएको र उनलाई प्रमुख नबनाई खत्री ल्याईएपछि प्राध्यापक आक्रोशित भए प्राध्यापक संघ ईकाईको निर्णयबाट तालाबन्दी भएको थियो । तालाबन्दीको एक बर्ष बितेको अबस्थामा समेत कतैबाट चासो देखिएको थिएन ।

सम्बन्धित

ताजा अपडेट
आज २२२५ कोरोना संक्रमित थपिँदा २८४६ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु
एकैदिन ४४९९ कोरोना संक्रमित थपिँदा २६६८ जना डिस्चार्ज, थप १७ जनाको मृत्यु
कोरोनाबाट बच्न सिकाउँदै नेपाल स्काउट

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल