Birat Post शनिबार, भाद्र ०७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

लक्ष्मी पौडेल, काठमाण्डौ, कीर्तिपुर ।

म अहिले ३९ वर्षको भएँ । अहिलेसम्म बेरोजगार थिएँ । तर १५ दिन भयो मैले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम पाएको छु ।पहिलो पटक काम गर्न पाउँदा खुशी लागेको छ । सधैं घरधन्दामा मात्र भुलिरहने मन अहिले पैसा आउने काम गर्न पाउँदा खुशी भएको छ । मेरा दुई बालबच्चा छन्। श्रीमान् सानोतिनो काम गर्नुहुन्छ ।

उहाँकै कामले घर चलेको थियो । केही महिनाअघि मैले गाउँमा बेरोजगार हुनेले कामका लागि आवेदन दिन पाउने भन्ने सुनें। त्यसपछि वडा कार्यालयमा गएर निवेदन दिएको थिएँ ।

काम पाइन्छ कि पाईंदैन भन्ने त ठेगान थिएन । तर मेरो नाम बेरोजगारको सूचीमा निस्किएछ । मैले १२ कक्षासम्म पढेको थिएँ । काम पनि राम्रो नै पाइयो । अहिले मलाई नगरपालिकाले वडाका सबै घरघरमा गएर पारिवारिक तथ्याँक लिने काम दिएको छ । घरघरमा पुग्दा हाँस्न, बोल्न पाइन्छ । रमाइलो हुन्छ ।

तर कतिले चाहिँ हामीलाई के दिने हो र सोधेको भन्ने जस्ता कुरा पनि गर्छन् । जे भए पनि काम पाउँदा निकै खुशी लागेको छ । एक महिनाको लागि मात्रै हो यो काम त । तर लामो समयलाई यो काम भइदिए हुन्थ्यो भन्ने लागेको छ । हाँस्दै हिँड्न पाइएको छ ।

गाउँका अरुले पनि हामीलाई पनि भन्नु पर्छ नि हामी पनि काममा जाने थियौं भन्छन् । मैले पनि अन्तबाटै थाहा पाएको थिएँ । काम पनि मिलिहाल्यो । अब सरकारले यो काम बढाउँदै लगे हुन्थ्यो । हामीजस्ता काम नभएर घरमै बस्नेहरुलाई सरकारले दिएको यो कामले खुशी मिलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार
आज २४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १११ जना डिस्चार्ज
मोरङका १६ सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

                  विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 

प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी

विनोद पोखरेल (काठमान्डौ)
सन्तोष सिग्देल (कोरिया)

संचालक तथा सम्पादक : कौशल निरौला
बिज्ञापनका लागि :

९८१२३०६६६०

०२१ ४२०१०६