Birat Post शुक्रबार, भाद्र २०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब  लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र नक्सा निर्माण भइरहेको छ।

‘दुई हप्ताभित्रनक्शाको अन्तिम रूप आइसक्छ, त्यसपछि कार्यालय खोलेर कोलोनीका घरको बुकिङ सुरु गरिनेछ’,व्यवसायी राठीले भने,‘कोलोनीको नामकरण सिई कोलोनी गरिएको छ। यहाँ सरदर १८ सयवर्ग फिटका अढाई तले ३१ वटा घर पिलर सिस्टमका हुनेछन्। घरको मूल्य २ करोड २० लाख रुपैयाँ राखिएको छ। एक घरको क्षेत्रफल ९ देखि ११ धुर हुनेछ।’

कोलोनीभित्र मन्दिर समेत निर्माण गरिने उनले बताए।नेपालको सरकारी मापदण्ड अनुसारका दुई वटा रोड ७ र ८ मिटरका हुनेछन्। कोलोनीमा ग्रिनरी पार्क, कम्युनिटी हल र हेल्थ क्लब हुनेछ।राठीले थपे, ‘सिई कन्स्ट्रक्सन आइएसओ प्राप्त कम्पनी हो। हाउजिङका लागि यसको छुट्टै समहू  । विराटनगरमा दशैँ सकिने बित्तिकै काम सुरु गरिने । यहाँ ३ हजार जनाले काम गर्नेछन्। ग्राहकले ०७८ को दशैँमा गृह प्रवेश गर्न पाउनेछन्।’उनका अनुसार अपार्टमेन्ट कल्चर विराटनगरमा आइनसकेकोले इन्डिभिज्युल होम बनाउन लागिएको हो।

विराटनगरमा छोटो समयमा राम्रो व्यापार गरेका राठी घरजगगाका ठूला कारोबारी हुन्। उनले विशालग्रुप र मुन्दडा समूहसँगै सीता एअरमा पनि लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६