Birat Post सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ चैत्र /
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा प्रदेश सरकार र स्थानिय तहका पालिकाहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । झण्डै २४ लाख बराबरको २ हजार १ सय परिवारलाई पुग्ने खाद्यान्न संगठनका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सम्युक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

मजदुर र विपन्न परिवारलाई खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यका साथ मुख्यमन्त्री शेधरन राईलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । यसैगरी ३ सय ५० बोरा राहत सामाग्री विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ । २ सय बोरा दुहबी नगरपालिका , १ सय २५ बोरा बुढीगंगा गाउँपालिका र १ सय २५ बोरा कटहरी गाउँपालिकामा वितरण गर्ने गरि प्रदान गरिएको बताइएको छ ।

हस्तान्तरण गरिएको खाद्यान्नमा चामल, दाल, नुन तेल, चाउचाउ र विस्कुट रहेको छ ।प्रतिपरिवार १ प्याकेटका दरले सबै सामान मिलाएर २ हजार १ सय प्याकेट बनाएर हस्तान्तरण गरिएको बताइएको छ । पछिल्लो समय दुवै संगठनहरु जुटेर सामाजिक कार्यमा सक्रिय रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल