Birat Post बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १० बैशाख ।
लकडाउनका कारण विराटनगरका सडकमा भोकभोकै परेका चौपाय तथा कुकुरहरुको लागी खाना खुवाउन थालिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा विराटनगरका युवाहरुले यस अभियानको शुरुवात गरेका छन् । बुधवार बाट शुरु भएको अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला र विराटनगर महानगरका मेयर भीम पराजुली सहभागी भएका थिए ।

यो अभियान लकडाउनको समय सम्म निरन्तरता दिइने बताइएको छ । बजारका मासु पसल तथा होटलहरुमा आश्रीत रहेर बाचेका कुकुरहरु भोकभोकै परेपछि खाना ख्वाउन शुरु गरिएको हो । यस्तै सडकमा छाडिएका छाडा चौपायलाई गौ सेवा सदनमा राख्नका साथै ,साढे गोरु र कुकुहरुलाई भने सडकमै आबश्यक खानाको प्रबन्ध गरिने मेयर पराजुलीले जानकारी दिए ।

अभियानको संयोजन निर्मल सुवेदीले गरेका छन् भने टिममा  बिशाल भाजुरी ,अनिल कार्की,सन्जिब चापागाई ,अक्षय सहनी ,बिकास भण्डारी लगायत अभियानमा होमिएका छन् । यो प्रकृती सवैको हो ,सवैले बाच्न पाउनु पर्दछ भन्ने नाराका साथ पशुहरुको अवस्थालाई अध्ययन गर्दै खाना ख्वाउने अभियान शुरु गरिएको अभियानका सल्लाहकार शत्रुघनचन्द्र पौडेलले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल