Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २७ जेष्ठ ।
काठमाडौं । काठमान्डौंका व्यवसायीले लकडाउन तोड्दै पसल ,व्यवसाय खोलेका छन् । व्यवसायीको यस कदमलाई लिएर प्रहरीले व्यापारीहरुमाथी बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गरेपछि प्रहरीले बन्द गर्न आग्रह गरेको थियो । नाराजुलुस र विरोध हुन थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए ।
केही दिनयता लामो समयसम्म लकडाउन कायम भएकाले दैनिक जीवनयापन गर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वस्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।

यसअघि मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको थियो ।
स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल