Birat Post आइतबार, आषाढ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असार ।
मोरङमा आइतबार एकैदिन एक महिला सहित १६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना मोरङको सुनबर्सी नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बई र दिल्लीबाट आएर क्वारेन्टिनमा बसेका थिए । १७ जनामध्ये सुनबर्सी वडा नम्बर ६ का सातजना, ७ का तीनजना र ९ का सात जना रहेको सुनबर्सी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिए ।

१६ जना पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा र एक जना महिलालाई विराटनगरको कोशी अस्पताल कोभीड १९ उपचार केन्द्रमा लगिएको छ । उनीहरु १८ देखि ५८ बर्ष उमेर समूहका रहेका छन् । यस्तै झापाको हल्दीबारीका दुईजना महिला, सुनसरीमा एकजना पुरुष, उदयपुरको कटारीका तीन जना महिला र दुई जना पुरुष, त्रियुगा नगरपालिकाका एक जना र इलाममा एक जनालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा एकमा २७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश एकमा पाँच सय ६० संक्रमितको संख्या पुगेको छ भने तीनसय ७८ निको भएर घर फर्केको प्रदेश एक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल