Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ भदौ ।
जिल्ला प्रशासन कार्यालय मोरङले थप ६ दिनका लागि निषेधाज्ञा बढाएको छ । निषेधाज्ञाको मोडल भने केही हेरफेर गरिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्धारा मंगलबार जारी निषेधाज्ञा आदेशमा १६ गते मंगलबार राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने उल्लेख गरिएको छ ।

नयाँ नियम अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो ४ बजेसम्म बजार पसल खोल्न पाइने भएको छ । यस्तै जोर गते जोर नम्बरका र विजोर गते बिजोर नम्बरका निजी सवारी साधन, यातायात साधनहरु सञ्चालन गर्न भनिएको छ । सिटी रिक्सा चलाउदा भने चालक बाहेक २ जनामात्रै यात्रु राख्नु पर्ने जनाएको छ । त्यसै गरी गुद्री बजार, सिनेमा हल ,सैलुन, ब्यूटीपार्लर, रोडमा लाग्ने हटिया लगायतका भिडभाड हुने स्थानलाई प्रतिबन्ध लगाइएको छ ।
प्रशासन द्धारा जारी विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६