Birat Post आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ असोज ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष
सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी
लिएको हो । अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र
वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो ।

भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहनु भएका मण्डल र अध्यक्ष थापाले
आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया,
च्यावनप्रास, गेडागुडी हस्तान्तरण गरेका थिए ।

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव ११ सय संक्रमित
परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई
हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले
बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल