विराटनगर १५ असोज ।
मोरङ विराटनगरबाट ठूलो रकम राखेर सट्टेबाजीको खेल खेलाउने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ बर्षीय मुन्ना भनिने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ बर्षीय जगदिश साह रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान र कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।