Birat Post बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

सुनसरी १५ असोज ।
सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । सिमामा खटिएको प्रहरी टोलीले किशोरीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विभिन्न प्रलोभन देखाएर दुई किशोरीलाई भारत तर्फ लैजान खोज्ने दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी, बनौली बस्ने २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा, कटाह बस्ने २९ बर्षीय जिवछकुमार साह रहेका छन् ।

नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लग्न खोजिएको किशोरीहरुले बताएका छन् । पुजारीसँग पुजामा बस्नु पर्ने, पुजामा बसे वापत पारिश्रमिक दिने, केही रोग भएमा ठिक हुने तथा पुजा समाप्त हुना साथ केहि रकम समेत दिने जस्ता प्रलोभन देखाएर भारत तर्फ लगिएको अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका दुवै जना उपर “मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन–२०६४” अनुसार कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल