Birat Post बिहिबार, कार्तिक १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ कार्तिक ।
कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले मनोमानी रुपमा चर्को शुल्क असुल गर्न थालेको भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध जनाएको छ । बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर समिति विराटनगरले निजी अस्पतालहरुले सेवाग्राहीहरु माथी गरिरहेको व्यवहार दुःखद भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरका कार्यवाहक सभापति अरुण न्यौपानेले सरकारको गैर जिम्मेवारी पनका कारण सर्वसाधरण जनताले उपचार अभावमा अनाहकमै ज्यान गुमाउनुपर्ने दुःखद अवस्था आएको बताए । नियमन अभावका कारण विराटनगरका निजी अस्पतालहरु लुटको धन्दामा लागेको बताए ।

कांग्रेस  नगरले विषम परिस्थितिमा  जनताको  स्वास्थ्य माथिको अधिकारमा खेलवाड गर्ने  सवै खाले कार्य  रोक्न  सरकार संग माग  गरेको छ । यस्तै संक्रमित  भर्ना हुनु अघि एडभान्स रकम माग गर्ने अस्पतालहरुमाथि कारवाही गरिनुपर्ने, निजी अस्पताल तथा  मेडिकल कलेजहरुले  असुल्ने गरेको महंगो  शुल्क  घटाइनुपर्ने  र  त्यस्ता   अस्पताल तथा मेडिकल  कलेजहरुमा शिघ्र अनुगमन,निरिक्षणको व्यवस्था गर्नुपर्ने माग उसको छ ।

जनताको मागहरुनै कांग्रेस नगरको माग भएको भन्दै तत्काल सम्बोधन हुने खालका कार्यक्रम ल्याउने तर्फ गम्भीर नभए सरकार विरुद्ध संघर्षका कार्यक्रम अघि बढाइने कांग्रेस नगरले चेतावनी समेत दिएको छ ।

कार्यक्रममा कांग्रेस नगरका उपसभापति प्रविण जोशी,सचिव प्रकाश दाहाल,काग्रेस वडा सभापतिहरु बद्री थापा,बद्री कार्की,रामचन्द्र राजबंशी,केदार घिमिरे,ज्ञानेश्वर नेपाल,श्रवण यादव,नगर सदस्य पुनम सिंह लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल