Birat Post सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ कार्तिक ।
सीमा क्षेत्रबाट हुने अवैध तस्करी रोक्ने प्रहरीनै हो । यसको अन्य विकल्प छैन । तर पनि त्यस क्षेत्रमा खटिने प्रहरीहरुलाई एउटा आरोप लाग्छ ,प्रहरीले सेटिङ मिलाउछन् र टन्न कमाउछन् । यो आरोप चिर्न अहिले सम्म कसैले सकेको छैन । यद्यपी यो आरोपबाट केही मुक्ति खोजिने प्रयास गरिएको छ ।

प्रदेश नं.१ का प्रहरी प्रमुख ( प्रहरी नायब महानिरीक्षक) इश्वरबाबु कार्कीले यसको पहलकदमी लिएका छन् । उनले प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई जानकारी गराउँदै उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम  कडा कारवाही हुने बताएका छन् ।

उनले मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई यस्तो निर्देशन दिएका हुन् । प्रदेश १ संग जोडिएका नेपाल–भारतको सीमा नाकामा  बस्ने प्रहरीहरु माथि कडा  निगरानी हुने समेत बताएका छन् ।

चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकासी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । उनको यो अभियानले कतिको सार्थकता पाउने हो त्यो भने हेर्न बाँकी नै छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल