Birat Post मंगलबार, कार्तिक १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ कार्तिक ।
अपाङ्गता भएकाहरुको पहिचान सहित सेवा प्रवाहमा सहजता होस् भन्ने उदेश्यका साथ विराटनगर महानगर क्षेत्रमा कार्यरत स्वास्थ्य स्वयंसेविका तथा अस्पतालका प्रतिनिधिहरुलाई एकदिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । मंगलवार विराटनगरमा आयोजित कार्यक्रममा अपाङ्गताका १० विशेष अवस्था र तीनको पहिचान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो ।

अपाङ्गताको वर्गिकरण भए बमोजिम समाजमा भएका व्यक्तिहरुको पहिचान सहित उचित व्यवस्थापनमा सहजता ल्याउने कार्यक्रमको उदेश्य रहेको छ । समाजका विभिन्न भागमा काम गर्ने शिलशिलामा समाजमा त्यस्ता व्यक्तिहरुको पहिचान गर्ने काममा सहजीकरण गरिदिन आयोजकले तालिममा सहभागीहरुलाई आग्रह गरेका थिए ।

कोशी बहिरा संघ र विराटनगर महानगरको विशेष सहयोगमा भएको कार्यक्रमको प्रशिक्षण प्रशान्त दुलाल,आकाश घिमिरेले गरेका थिए । संघले यस भन्दा अगाडी पनि सरोकार सम्वन्ध संस्था तथा तिनका प्रतिनिधिहरु संग भावी रणनीतिका विषयमा छलफल गरेको थियो । कार्यक्रममा कोशी बहिरा संघ अध्यक्ष सुनिता तिवारी,कोषाध्यक्ष जीवन दाहाल,दोभाषे सन्तोषी तिवारी,गोमा कार्की,विराटनगर महानगरका जनस्वास्थ्य अधिकृत विनोद दिपक भट्टराई, कोशी अस्पताल,विराटनगर आखा अस्पतालबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल