Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ कार्तिक ।
राजा तथा राष्ट्रवादी शक्तिहरुले बिहिवार विराटगरमा जनप्रदर्शन गर्ने भएका छन् । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले भोली राजसंस्था स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै आन्दोलन गर्ने भएका हुन् ।

मुलुकमा गणतन्त्रका नाममा ब्रम्हलुट तथा धार्मिक सापेक्षतामाथि हमला भएपछि राजसंस्था पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिएको बताइएको छ ।  राजतन्त्र र हिन्दुत्वको पक्षमा रहेका युवाहरूको उक्त ¥याली व्यवस्था परिवर्तनको माग सहित गर्न लागिएको बिद्धत परिषद मोरङका अध्यक्ष पुष्पराज दाहालले जानकारी दिए ।

जनतामा अधिकतम निराशा छाएको भन्दै यसअघि पश्चिम नेपालको बुटवल,काठमान्डौं ,बिरगन्जमा राजावादीले विशाल मोटरसाइकल ¥याली निकालेका थिए। विराटनगरको कन्चनवारी चोकमा भेला भइ गरिने कार्यक्रममा हजारौ मानिसको सहभागिता हुने बताइएको छ ।

विषम परिस्थितिको फाइदा लिदै नेपालमा लुट मचाउन थालिएको साथै देश राष्ट्र जोड्ने मानिसको अभाव भएकाले आन्दोलनमा आउनु परेको बिद्धत परिषद केन्द्रीय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले बताए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल