लोकेश पोख्रेल आइतबार, मंसिर २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ मंसिर ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नागरिक केयर सेन्टर विराटनगरको अनुगमन गरेका छन् । आइतबार सेन्टरका पदाधिकारी सहितको टोलिले उक्त क्षेत्रको अनुगमन गरेको हो ।

सेन्टरको प्रमुख सल्लाहकार समेत रहेका कोइरालाले १ सय वेडको केयर सेन्टरले पूर्णता पाउन लागेको भन्दै खुसी व्यक्त गरे । केयर सेन्टरका लागि चाहिने आवश्यक पूर्वाधार जुटाउन थप गृहकार्य गरिने बताए ।

अनुगमनका क्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले कांग्रेस नेता शेखर कोइराला र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अवधारणा अनुरूप सामाजिक क्षेत्रका मानिसहरूको अग्रसरताले नागरिक केयर सेन्टर बनेको बताए । यसको पूर्णताका लागि हरसम्भव प्रयासमा जुटिरहेको बताए ।

यस्तै केयर सेन्टरका अध्यक्ष पवन सारडाले केयर सेन्टरले पूर्णता पाउन लागेको र केही दिनमै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । कोशी कोभिड अस्पताल रहेकै स्थानमा नागरिक केयर सेन्टर पनि बनिरहेको छ । यसका लागि उद्योग संगठन ,मोरङ व्यापार संघ र विभिन्न सामाजिक संघ–संस्थाले सहभागीता जनाएका छन् ।

अनुगमन कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योगी नवीन रिजाल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल