सुवास सापकोटा मंगलबार, मंसिर ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० मंसिर ।
चिसो बढ्न थाले सँगै जनजिवन प्रभावित बन्दै गएको छ । तराइका भागहरुमा हुस्सुको मात्रा बढेको छ भने र पहाडी क्षेत्रमा कुहिरोले ढाकेको छ । हिमाली भेगका अधिकांश डाँडाहरु हिउले ढाकिएका छन् ।

यस्तै काठमान्डौ उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । तर तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराइका विभिन्न क्षेत्रमा १२ डिग्री सेल्सियस सम्म तापक्रम मापन भएको छ । हुस्सु तथा कुहिरोको कारण सडक तथा हवाई यातायात प्रभावित बन्न सक्ने तर्फ मौसम पुर्वानुमान शाखाले सचेत गराएको छ । यता स्वास्थ्य अधिकारीहरुले चिसोका कारण उत्पन्न समस्या र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

वृद्ध–वृद्धा र बालबालिकालाई चिसो र फ्लु बाट जोगाउन विशेष सचेतता अपनाउन स्वास्थ्य विज्ञहरुले सल्लाह दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल