Birat Post आइतबार, माघ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ माघ ।
विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा आकाशेपुल बनाउने भएको छ । दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन वटा आकाशे पुल निर्माण गर्ने भएको हो । विराटनगर महानगरपालिकामा दिनप्रतिदिन सवारी साधनहरुको चाप बढ्न थालेपछि आकाशेपुल निर्माणको योजना अगाडी ल्याएको हो ।

धरान–विराटनगर सडक खण्डको कञ्चनबारी चोक , बरगाछी चोक र भट्टी मोड (घाँस चोक) गरी तीन ठाँउमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्युनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यका साथ काम थालिएको मेयर पराजुलीले जानकारी दिए ।

विराटनगरको कञ्चनबारी चोकमा रु ७८ लाख, बरगाछी चोकमा रु ६८ लाख र भट्टी चोक रु ९३ लाख लागतमा पुल निर्माण गर्न लागेको विराटनगर महानगर नक्शा शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले बताए । सिक्स लेनको मापदण्ड अनुसार बन्ने सो पुल फलामको हुने छ । जुन आबश्यक नपरे पुनः अर्को ठाउँमा हाल्न सकिने खालको हुनेछ । तीन वटै पुल एकपटक निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल