Birat Post सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ माघ ।

नेकपा विवाद मिलाउने जिम्मेवारी निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तसहित सबै आयुक्तहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ । आयोगको गत शुक्रबार बसेको पदाधिकारी बैठकले सबैको कार्यविभाजन गरेको हो । जसअनुसार दलीय विवाद, दल दर्ता सहित दल नियमनको जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिइएको छ ।

उनले अब नेकपा भित्रको विवादका विषयको निरुपणलाईसमेत अघि बढाउने छन् ।आयोगले कानुनका क्षेत्रमा विशेष अनुभव भएकालेसमेत उनलाई सो जिम्मेवारी दिएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा दलीय विवादका बारेमा आएका पत्रलाई राजनीतिक दल सम्वन्धि र कानुन शाखासहित विभिन्न शाखाले अध्ययन गरेपछि आयुक्त भण्डारीलाई राय दिने र आयुक्त भण्डारीले अध्ययन गरेर आयोग बैठकमा पेस गर्ने, त्यसपछि आयोगले विवादको निरुपण के कसरी गर्ने विषयमा निणर्य लिने जानकारी दिए ।नेकपाको प्रचण्ड माधव समूहले गत २० माघमा पार्टीको आधिकारिकता माग दाबी गर्दै पत्र दर्ता गराइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
चैते दशैं :कति छ यसको महत्व
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल