Birat Post सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ माघ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। यसै क्रममा सुशील कोइराला फाउण्डेसनले विराटनगरमा रहेको मानवसेवा आश्रममा अनाथ व्यक्तिहरुलाई खाना खुवाउने कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य , नेपाली कांग्रेस माेरङ्का सभापति डीगबहादुर लिम्बु ,विराटनगर  महानगरका मेयर भीम पराजुली लगायतको उपस्थितीमा आश्रममा रहेका १ सय भन्दा बढी व्यक्तिहरुलाई खाना ख्वाएको थियाे ।

फाउण्डेसनका उपाध्यक्ष प्रेम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस नेता बिश्वनाथ रिजाल ,विनोद वस्नेत ,काग्रेस विराटनगर महानगरका कार्यवाहक सभापति अरुण न्यौपाने ,विद्यार्थी नेता कृष्ण कार्की ,संस्थाका महासचिव दीपक चापागाई लगायतको सहभागिता रहेको थियो । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए। पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो।

२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए। उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो। उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल