काठमान्डौ ५ फाल्गुन।
नेकपा विवाद निरुपण गर्ने तयारीका साथ निर्वाचन आयोग जुटेको छ । विगतका नजिर र अवस्थालाई हेर्दै निरुपण गर्न आयोगका प्रमुखआयुक्त र आयुक्तहरुले छलफल तीव्र पारिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । नेकपा विवाद समाधानका लागि चौतर्फी दबाब बढ्दो छ । यस्तै सरकारले निर्वाचनका लागि मिति समेत तोकिसकेकाले विवाद निरुपण गर्नुपर्छ भन्नेमा आयोग पुगेको बताइएको छ । नेकपाको आधिकारिता टुंगो लगाउने विषयमै छलफल केन्द्रित भइरहेको र केहीदिनमै यसको फैसला बाहिर आउने दाबी गरिएको छ ।