काठमान्डौ ७ फाल्गुन ।
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुरुप संविधाननको धारा १६५ को उपधारा १ खण्ड बमोजिम परियारलाई राष्ट्रपति बिद्याादेवी भण्डारीले पदमुक्त गरेकी हुन्।
प्रदेश प्रमुख पदमुक्त गर्नुको थप कारण खुलेको छैन । यसबारे राष्ट्रपति कार्यालयले समेत आधिकारिक सूचना सार्वजनिक गरिसकेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक बिज्ञप्ति जारी गरी प्रदेश प्रमुख परियार पदमुक्त भएको जानकारी गराएका छन् ।
तत्कालीन माओवादीका सचिवालय सदस्य रहेका नेता परियार दुइपटक सांसद भइसकेका छन् । बाकेबाट राजनिति शुरु गरेका उनी पुराना बाम नेताकारुपमा चिनिन्छिन् ।