काठमान्डौं ७ फाल्गुन ।
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएको केही घण्टा नबित्दै झालाई नियुक्त गरिएको छ ।