Birat Post आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९फागुन /
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ससंद पुनर्थापना नभए देश द्वन्द्वको भुमरीमा फस्ने बताएका छन् । आइतबार मोरङको सुन्दरहरैंचा स्थित चरिगुवामा आयोजित चियापान तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । संसद पुनर्थापना नभए देश पुन: द्वन्द्वमा फस्ने कोइरालाले बताए ।

सरकारका तीन वर्ष गफ र अराजकतामा गुज्रिएको भन्दै कोइरालाले अब गलत गतिबिधिका बिरुद्ध चुप लागेर बस्नु नहुने बताए । प्रधानमन्त्रीले विराटनगरको सभामा अदालत र जनतालई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै यो अत्यन्त कमजोर मानसिकताको उपज भएको कोइरालाले बताए ।

राष्ट्रपति एउटा पार्टीको त्यो पनि एउटा गुटको मात्रै भएजस्तो देखिएको र राष्ट्रपतिले आफ्नो मर्यादा भुलेको आरोप कोइरालाले लगाए ।कार्यक्रममा लामो समय देखि कांग्रेसमा क्रियाशिल भई प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा लागेका पुराना नेताहरुको सम्मान गरिएको थियो । यस्तै नेकपालगायतका विभिन्न दल परित्याग गरेर आएका एक सय जना भन्दा बढी कार्यकर्तालाई कोइरालाले अविर लगाएर पार्टीमा स्वागत समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल