Birat Post सोमबार, फाल्गुण १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा १० फाल्गुन ।
समय समयमा चर्चामा छाउने गर्छन पूर्व राजा ज्ञानेन्द्र शाह । शाह शालिन स्वभावका छन् र बुझ्नेहरुले भन्छन् उनीमा राष्ट्रप्रेम अघाध छ । देश र जनतालाई केन्द्रमा राखेर काम गर्न दल र नेताहरुलाई पूर्व राजाले ज्ञानेद्रले आग्रह गरिरहेको पाइन्छ । भलै उनको विज्ञप्तिबाजीमा दलका नेताहरु तरङ्गित हुन्छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र परिवार मिलनका लागि समय दिन थालेका छन् । परिवारकै सदस्यका कारण कतिपय बदनाम खेप्नुपरेको छ राजपरिवारले । यो सवै समस्या हल गर्नमा बुहारी हिमानी शाहले ठूलो भुमिका खेलेकी छन् । हिमानीकै तारतम्यमा परिवारका सदस्यहरु जुट्ने काम भइरहेको छ ।

हालै पूर्व रानी कोमल शाहको जन्मदिन मनाइएको छ । यस कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल हाँसी खुशीसाथ नाचिरहेको भिडियो र फोटाहरु समेत सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। फागुन ७ गते झापाको मेचीनगरमा रहेको होटल मेची क्राउनमा एक विशेष कार्यक्रमको आयोजना भएको थियो जसमा शाहको परिवारका सदस्य सामेल थिए । पूर्वरानी कोमलको ७० औं जन्मदिनको उपलक्ष्यमा पूर्व राजपरिवारका सदस्यहरुले राष्ट्रिय भावनामा ओतप्रोत गीतहरु संगै दिवंगत पूर्व रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह साथै संगीतकार नातिकाजीका संगीतवद्ध गीतमा मनोरन्जन लिएका थिए ।
यस्तै पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले प्रफुल्ल मुद्रामा बिभिन्न फोटोहरु सुट गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल