काठमान्डौं २० फाल्गुन ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले पार्टीको भावी रणनीतिबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका हुन् ।
आज दिउँसो ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा बैठक फागुन २३ का लागि आह्वान गरेकी छन् । यसमा कसरी अगाडी बढ्ने भन्नेमा कांग्रेस छ ।