Birat Post बुधबार, फाल्गुण २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ फाल्गुन ।
सत्ता साझेदारीका विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद उत्पन्न भएको छ । केपी शर्मा ओली या माओवादी केन्द्र कता जाने भन्ने विषयको विवाद उत्कर्षमा पुगेको हो । दुवै पक्ष बीच छुट्टाछुट्टै अनौपचारिक छलफल जारी छ । जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई भेट्न बालुबटार पुगेको र प्रधानमन्त्रीसँगको छलफलमा आफूले संयुक्त कार्यदल गठन गरेको जानकारी दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकारमा जान नहुने लाइनमा उभिएका छन् । तर अध्यक्ष ठाकुर, राजेन्द्र, शरत्सिंह भण्डारी लगायतका नेताहरु सम्मानजनक ढंगबाट केपी ओलीसँग पावर सेटिङ गर्ने पक्षमा छन् ।

माग सम्बोधन भएमा ओलीसँग सरकारमा जान सकिने लाइनमा पार्टीका बहुमत सदस्य रहेको बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो पनि ओली सग लचक छन् । उनिहरुले संविधान संशोधन, रेशम चोधरीको रिहाइको वातावारण, मधेसका आन्दोलनको क्रममा लगाइएको मुद्दा खारेजी, घाइतेहरुको उपचारहरु र सहिद परिवारलाई क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै आएको छ । यी माग पूरा गर्न प्रक्रिया अघि बढाउने वित्तिकै सरकारमा जान सकिने धारणा जसपाका नेताहरुको छ । पार्टी स्रोतका अनुसार ‘पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएमा पार्टी फुट्ने अवस्था पनि आउन सक्छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल