विराटनगर,२२ जेष्ठ ।
उद्योगी एवं संविधानसभा सदस्य पवन सारडाले फ्रन्टलाइनरका नाममा सरकारले कोरोना संक्रमण विरुद्धको भ्याक्सिन दुरुपयोग गरेको आरोप लगाएका छन् । शनिवार विराटनगरमा एक अनौपचारिक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । सारडाले फ्रन्टलाइनर को हो ? भन्ने पहिचान सरकारले गर्न नसकेको बताए । उनले उद्योगी व्यवसायीलाई तेस्रो दर्जाको नागरिककारुपमा परिभाषित गरेको बताए ।
एक दिन उद्योग बन्द हुदा नेपालमा कुन अवस्था आउछ ? उनले प्रतिप्रश्न गरेका छन् । अक्सिजन प्लान्टमा काम गर्ने मजदुरले भ्याक्सिन नपाएको तर कोरोना हस्पिटलमा अक्सिजनका सिलिन्डर बोक्न जाने मजदुर कुन लाइनको भन्दै सरकारलाई फ्रन्टलाइनरको पहिचान गर्न आग्रह गरेका छन् । भ्याक्सिन अभावमा काम गरिरहनुपर्दा आफ्ना मजदुर दुखिःत भएको स्मरण सारडाले गरेका छन् ।
सारडाको भनाइ भिडियोमा हेर्न सक्नुहुनेछ ।