चरिकोटमा ‘आरोग्यका लागि स्वजागरण’

चरिकोट ९ मङ्सिर । जीवन विज्ञान परिषद् दोलखाको आयोजनामा शनिबार चरिकोटमा आरोग्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ रमेश नेपालले आफूभित्रको सम्पदा चिनेमात्र समृद्ध हुन सकिने बताउनु भयो । उहाँले ...

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ६ मङ्सिर । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । हिमपातसँगै मौसम अझै ...

ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

विराटनगर,६ मंसिर / ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । फणिन्द्र लामोसमयदेखि ग्रेटर नेपाल अभियान चलाइरहेका छन् । तर, अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल ...

पाठेघरको मुखको क्यान्सरसम्बन्धी अभिमुखीकरण सम्पन्न

विराटनगर,६ मंसिर / विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ । करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा ...

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ ,५ मंसिर ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका उनलाई अदालत उपस्थित गराएको हो । साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय ...

सेना परिचालनका लागि अपनाउनुपर्ने विधि सिफारिस

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका क्रममा नेपाली सेना परिचालनका लागि अपनाउनुपर्ने विधि अवलम्बन गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको परिषद्को ३६औँ बैठकले स्थानीय तहको उपनिर्वाचन ...

मनमोहनमा बीबीए, एलएलबी र एलएलएमको पढाई हुने

विराटनगर,४ मंसिर ।  मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगङ्गा मोरङले यही शैक्षिक सत्रदेखि बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई समेटेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री ...

दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखियो

काठमाडौं,४ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । दिउँसो थप अनुसन्धानका लागि साइबर ...

उपनिर्वाचन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौं,३ मंसिर ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको ...

अपाङ्गताको अधिकार सम्बन्धि ऐन संशोधन सवालसम्बन्धि परामर्श सम्पन्न

विराटनगर,३० कार्तिक / हाम्रो आवाजको कदर गरियोस्, संशोधित अपाङ्गता अधिकार ऐनमा हाम्रो अधिकार सुनिश्चित गरियोस्’ भन्ने नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशिश एवं राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालको सहकार्यमा बहिरा महासंघको नेतृत्वमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ...

ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई सबैले अनुशरण गर्नुपर्छ : मेयर कोइराला

  विराटनगर,३० कार्तिक /विराटनगर ११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र)ले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर विराटनगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रममा समाजसेवी र ज्येष्ठ ...

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्न लाग्नु पर्छ–महासचिव पोखरेल

मोरङ,२७ कात्तिक / नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्न हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज मोरङको ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले ...

बहिरा माविमा होटल व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल

विराटनगर,२७ कार्तिक/ विराटनगरस्थित विराट बहिरा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार भएको छलफलमा बहिरा बालबालिकालाई दक्ष र सीपयुक्त बनाउन प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए ...

देवकोटा जयन्तीका अवसरमा छन्दवाटिकाको साहित्यिक कार्यक्रम

विराटनगर,२७ कार्तिक / महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर छन्दवाटिका विराटनगरले सिर्जना वाचन कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार देवी पन्थी, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, ...

लीलाबल्लभ अधिकारी पक्राउको सूचना प्रदेशसभा सचिवालयमा टाँस

विराटनगर,२६ कार्तिक । मानव तस्करीको आरोपमा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउ परेसँगै कोशी प्रदेशसभा सचिवालयमा सूचना टाँस गरिएको छ । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै संसद् सचिवालयले सूचना टाँस गरेको हो । ‘मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ...

देशलाई टाट पल्टाउन दिइदैन : प्रधानमन्त्री ओली

विराटनगर,२६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा ...

तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न मेयर कोइरालाको आग्रह

विराटनगर,२६ कार्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर ...

छठ पर्वको अवसरमा नेता पराजुलीले गरे २७औं पटक दण्डप्रणाम

विराटनगर,२२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले छठ पर्वको अवसरमा २७औं पटक दण्डप्रणाम यात्रा गरेका छन् । वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि पराजुलीले २७औं ...

तीनै तहका सरकार सञ्चालन प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौं ,२१ कार्तिक ।  सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि गठित संयन्त्रमा केन्द्रको हकमा ...

ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी भएका हुन् । अमेरिकाको राष्ट्रपति चुनावमा सरप्राइज दिने भनिएका ‘स्वीङ स्टेट’मध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, विस्कन्सन,र पेन्सलभेनियामा जितेका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल