Birat Post शनिबार, माघ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

चाणक्य नीतिको तेस्रो अध्यायमा आचार्य चाणक्यले कुल, मानिसको बारेमा सुझाव दिएका छन् । उल्लिखित नीतिहरूको अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं। सौन्दर्य र यौवनले भरिपूर्ण साथै उच्च कूलमा जन्म भएता पनि यदि विद्याले हीन पुरुष छ भने गन्ध नभएको पलाँसको फूल समान अशोभनीय हुन्छ । अर्थात् उच्च कुलीन भएता पनि विद्या छैन भने समाजमा त्यसको कुनै शोभा हुँदैन । कोइलीको शोभा त्यसको स्वर हो भने स्त्रीहरुको चाहिँ पतिव्रता धर्म हो । त्यसैगरी कुरुपहरुको शोभा विद्या हो भने तपस्विहरुको चाहिँ क्षमाशीलता हो । कुलको भलाईका लागि कुनै एक वस्तु त्यागोस् । गाऊँको हीतका लागि कुलै त्यागोस् । त्यसैगरी देशको भलाईका लागि गाऊँको र आफ्ना लागि पृथिको त्याग गरोस् । यहाँ आत्मार्थे भन्नाले– अत्मकल्याणका निमित्त जस्तो सुकै वस्तुको पनि त्याग गर्नुपर्दछ, भन्ने हुन्छ ।

उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम् । मौनेन कलहो नास्ति नास्ति जागरिते भयम् ।।११।।
उद्योग (परिश्रम)गरेमा दरिद्रपन आउँदैन । भगवन्नाम जपीरहने वा स्मरण गर्नेहरुलाई पापले छुन सक्दैन । मौन बसीदिनाले झगडा कम हुन्छ । जाग्रत अवस्थाको मानिसलाई भयले छुँदैन । यहाँ जागरिते भयं नास्ति भन्नाले ब्रह्मज्ञानीहरुलाई लक्षित गरेको बुझ्नु पर्दछ । जो अन्तर्मुखी छ, जसको दीव्यचक्षु खुलेको छ, जो आत्मज्ञानी छ, जसले मृत्युलाई समेत जितेको छ, हो त्यस्ता महापुरुषहरुलाई संसारमा के को डर हुन्छ र ?साथै साथै चाणक्यले १२ औँ श्लोकमा कुनै कुरामा अति भएको राम्रो नहुने बताएका छन् । अतिरूपेण वै सीता अतिगर्वेण रावणः । अतिदानाद्बलिर्बद्धो ह्यतिसर्वत्र वर्जयेत् ।।१२।। अर्थात अत्यन्त सुन्दरी भएका कारण सीताको हरण भयो । अत्यन्त गर्व (घमण्ड) गर्ने भएकाले रावणको वध भयो । अति दान गर्नाले बलिलाई बाँधिनु पर्यो । त्यसैले अति सबैतिर त्यागोस् अर्थात् कुनै पनि कुरामा अति गरेको राम्रो हुँदैन । स्रोत आत्मपथ

सम्बन्धित

ताजा अपडेट
शिक्षक संघ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री महावीर पुनको निर्णय
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल