Birat Post शनिबार, भाद्र ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,११ भदौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।

निर्वाचन आयोगले आज शनिबार एक सूचना जारी गर्दै यही भदौ १२ गतेदेखि कार्यक्रम सुरु हुने जानकारी दिएको हो। आयोगका अनुसार भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने छन्।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानको मात्र नाम कायम राख्न भदौ १३ गतेदखि १५ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने छ।

यसैगरी मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि भदौ १३ गतेदेखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै
लाओसको पोस्टमा नेपालको ९ गोल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल